काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा प्रदेशस्तरीय पार्टी कार्यालय स्थापना गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहणीमा प्रदेश कार्यालय स्थापना गरिएको हो ।पार्टीका नेता दीपक साउँद (तरङ्ग) ले प्रदेशस्तरका पार्टी गतिविधि सञ्चालन तथा सङ्गठन परिचालनलाई प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको बताएका छन् ।
प्रदेश कार्यालय स्थापनासँगै सुदूरपश्चिमका ९ वटै जिल्लामा सङ्गठन विस्तार र पार्टी कार्यालय स्थापना गर्ने कार्यलाई तीव्र पारिने उनको भनाइ छ ।तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विभिन्न कम्युनिष्ट पार्टी एकीकृत भई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि जनार्दन शर्मा ‘प्रभाकर’को संरक्षणमा प्रगतिशील लोकतान्त्रिक पार्टी स्थापना भएको हो ।
ADVERTISEMENT

