काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबाट किन्तु परन्तु भनेर पछि हट्ने अवस्था नरहेको बताएका छन् । मंगलबार सरकारसँग निर्वाचन आयोगले गरेको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् उनले कसैको कारणले निर्वाचन बिथोलियो भनेर अरूलाई आक्षेप लगाएर मुक्त हुने अवस्था नरहेको भन्दै निर्वाचन गराउन सबै लाग्नुपर्ने बताए ।
‘निर्वाचनमा कुनै किन्तु, परन्तु भनेर पछि हट्यो भने मेरो होइन, उसको कारणले निर्वाचन बिथोलियो भनेर अरूलाई आक्षेप लगाएर मुक्त हुने अवस्था हुँदैन । यो गर्नैपर्ने विकल्पविहीन निर्वाचन हो । यसलाई हरेक क्षेत्र, तह र तप्काबाट गहन रूपमा लिनुपर्छ,’ उनले भने ।आगामी २१ फागुनका लागि सरकारले तोकेको निर्वाचन विकल्पविहीन निर्वाचन भएको उनको दाबी छ ।
हरेक क्षेत्र, तह र तप्काबाट गहन रूपमा लिएर निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको उनले बताए ।सामाजिक सञ्जाललाई कति हदसम्म प्रचारप्रसार गर्न दिने, नकारात्मक प्रचारप्रसार गर्दा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा सरकारले सोच्न जरुरी रहेको उनले बताउ ।एआई प्रविधिको दुरुपयोगबारे पनि सरकारले गहन रूपमा छलफल गर्न जरुरी रहेको उनले बताए ।
उनले मतदाता नामावली उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको र १५ पुससम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने बताए ।सबै राजनीतिक दलहरुसमेत प्रतिस्पर्धामा सहभागी हुनका लागि निर्वाचनको लक्षित दायरामा प्रवेश गरेर निर्वाचनमा जाने बताइसकेकाले निर्वाचनको वातावरण बनिसकेको बताए । मुलुक निर्वाचनमय भइसकेको उनको दाबी छ ।
ADVERTISEMENT

