काठमाडौँ । नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा समुदाय केन्द्रित स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । सामामजिक नवप्रवर्तन तथा उद्धमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम सुरु गर्नका लागि शुक्रबार सम्झौता भएको हो ।समुदायमै गएर अध्ययन गर्ने, सिक्ने र सिकेका कुरा अभ्यास गर्ने हेतुले तयार गरिएको यो कार्यक्रममा विद्यार्थीहरू नेपालको तीन भौगोलिक क्षेत्र हिमाल, पहाड, तराईंको यात्रा गर्दै सहभागी हुनेछन् त्यस्तै विद्यार्थीहरूले समुदायमै बसोबास गरेर स्थानीय परिवेशमा घुलमिल हुँदै स्थानीय विषयवस्तुको अध्ययन गर्नेछन् ।
विद्यार्थीहरूको समग्र निकासलाई सहयोग गर्न यस कार्यक्रममा नेपाललगायत नेपाली डायस्पोराका विज्ञ तथा अनुभवी व्यक्तिहरूलाई मेन्टरका रुपमा संलग्न गराइनेछ नेपाल कम्युनिभर्सिटीले अनुसन्धान र समुदाय-आधारित अघिल्ला कार्यक्रमबाट प्राप्त अनुभव, समुदायसँगको सहकार्य तथा सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा केन्द्रित दृष्टिकोण यस कार्यक्रमले प्रदान गर्ने बताइएको छ ।