बैजनाथ : बैजनाथ गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रमलाई चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन थालेको छ । उक्त कार्यक्रम अन्तरगत गाउँपालिकाले किसानलाई ७० प्रतिशत अनुदानमा नस्ल सुधारका लागि उन्नत जातका बोका वितरण गरेको छ । गाउँपालिकाले बाख्रा पालक किसानलाई अनुदानमा बोका वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले किसानहरुलाई शुक्रबार एक कार्यक्रमका बीच किसानलाई उन्नत जातका बोका हस्तान्तरण गरेका हुन् । सो क्रममा गाउँपालिकाका कार्यपालिका सदस्य एवम् आर्थिक समितिका संयोजक फरिदुद्धिन हल्वाई, बैजनाथ गाउँपालिका पशु शाखा प्रमुख बालकृष्ण चौधरी, किसान लगायतको उपस्थिती रहेको थियो ।
किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तरगत गाउँपालिकाले हरेक वर्ष किसान लक्षित कार्यक्रम गर्दै आएको छ । गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० बाट यो कार्यक्रम लागु भएपछि बैजनाथका किसानहरु प्रत्यक्ष रुपमा लाभाम्वित भइरहेका छन् ।
ADVERTISEMENT

