काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नो ढंगले अघि बढेपनि आफुहरुबीच आरोप–प्रत्यारोप नहुने बताएका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले रास्वपासंग माओवादीको मूलभूत विषयमा केहि फरक नरहेको उल्लेख गरे ।
रास्वपाको अडानका कारणले केहि समय रास्वपा आफ्नै ढंगले जाने र आफुहरुबीच बिमति र आरोप प्रत्यारोप नहुने उनको भनाइ छ । यसअघि शुक्रबार नै माओवादी र सत्तारुढ दलबीच भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमति भएको थियो । सहमतिप्रति रास्वपाले असहमति जनाएको छ ।