बाँके (राप्ती सोनारी) : राप्तीसोनारी गाउँपालिकाले बिहीबार आफ्नो १८ औँ गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष मनिषासिंह थारुको सभाध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो ।उक्त सभामा गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति, बजेट संशोधन, बेरुजु फछ्र्यौट र करार कर्मचारीको म्याद थप लगायतलाई सर्वसम्मत रुपमा पारित गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीका अनुसार सभामा गाउँपालिकाका प्रवक्ता एवम् कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का वडाअध्यक्ष मिनराज खड्का, वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेल, वडा नम्बर ८ का वडाअध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ९ का वडाअध्यक्ष सोहनलाल चौधरी, कार्यपालिका सदस्य केशव दमाई लगायतले धारणा राखेका थिए ।गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत ऐडी, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

