काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीको नाम अध्यावधिक गर्ने भएको छ । नेता गणेश पराजुलीका अनुसार आज निर्वाचन आयोग पुगेर अध्यावधिक विवरण बुझाइनेछ ।
रास्वपा र उज्यालो नेपालबीच एकता सम्झौता हुँदा दुई दलले समानुपातिकतर्फको सूची भागबन्डा गरेर बुझाएका थिए । तर, शनिबार साँझ दुई दलबीचको एकता भाँडिएसँगै रास्वपाले उज्यालो नेपालतर्फबाट यसअघि बुझाइएको नामहरूलाई अध्यावधिक गरी अर्को सूची बुझाउन लागेको हो ।फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
ADVERTISEMENT

