
प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको र पोलटिसीएनहरूले प्रहरी चलाएर धेरै बिग्रिएको बताए ।प्रहरीलाई आफ्नै ढंगले चल्न दिनु पर्ने ओलीले बताए । 'आफ्नो मान्छे प्रहरीमा भर्ना गर्न नपाएर प्रदेशलाई प्रहरी समायोजनको लागि हतार भएको छ,' ओलीले भने,‘आफ्नो मातहतमा प्रहरी नहुँदा त प्रहरीको दुरुपयोग भइरहेको छ । अस्वस्थ्य गतिविधि भइरहेको छ ।’ तत्काल प्रहरी समयोजन नहुँदा संघीयतालाई कुनै प्रभाव नपर्ने उनले बताए । पूर्वराजाको सक्रियताबारे सोधिएको प्रश्नमा ओलीले त्यो सक्रियता भन्दा पनि नयाँ पार्टी खोल्ने तयारी भएको जवाफ दिए ।