काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पार्टीको विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत देश र पार्टी जोगाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताएका हुन् ।उनी नेता डा शेखर कोइरालानिकट नेता हुन् । कोइरालाको विश्वासपात्र मानिएका उनीले भनेका छन्, ‘देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य ।’
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशन आह्वान गरेका हुन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए ।पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन समूहका नेताले भने विशेषको औचित्य नभएको बताउँदै आएका छन् । तर अहिले काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह जारी छ ।