बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भएको कार्यप्रगतिको सार्वजनिक सुनुवाई गरेको हो । बैजनाथ गाउँपालिका कार्यालय परिसर रामपुरमा सोमबार चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक सार्वजनिक सुनवाई गरिएको हो । बास नेपालको सहजीकरणमा गाउँपालिका कार्यालयले सार्वजनिक सुनुवाई गरेको हो ।
सार्वजनिक सुनुवाईका क्रममा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत कमल उपाध्याय, विभिन्न वडाका वडाअध्यक्ष, शाखा प्रमुख लगायतले सहभागीले राखेका जिज्ञासाको जवाफ दिएका थिए । सार्वजनिक सुनुवाईमा उपस्थित भएका सर्बसाधारण नागरिकले विभिन्न विषयमा आफ्ना जिज्ञासा तथा प्रश्न राखेका थिए ।
ADVERTISEMENT

