काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुरक्षा चुनौतीका बिच आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन् । बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
उनले जेनजी आन्दोलनमा लुटिएका हतियार, जेलबाट भागेका कैदीहरु बाहिर रहेको, प्रहरीका आवश्यक सामाग्रीहरु नभएको अवस्थामा हुन लागेको निर्वाचनले सुरक्षा चुनौती खडा गरेको बताए ।नागरिकमा भयरहित भएर मतदान गर्ने वातावरण बनाउन जरुरी रहेको उनको भनाइ छ । उनले हालै सम्प्रदायिक विवाद, जातीय तथा धार्मिक विवाद पनि भएकोले त्यसतर्फ पनि सचेत हुनुपर्ने बताए ।
ADVERTISEMENT

