उदयपुर । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुर जिल्लामा निर्वाचन अधिकृतका दुई वटा कार्यालय स्थापना गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा निर्वाचन क्षेत्र नं. १ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम गाईघाटस्थित जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बोक्सेको भवनमा सञ्चालनमा ल्याइएको छ भने निर्वाचन क्षेत्र नं. २ का लागि कटारी नगरपालिका–३ स्थित उदयपुर उद्योग वाणिज्य संघको भवनमा स्थापना गरिएको हो।
निर्वाचन क्षेत्र नं. १ को मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी उदयपुर जिल्ला न्यायाधीश मुकेश उपाध्यायले सम्हालेका छन् भने निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतमा रामेछापका जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटुवालले सम्हालेका छन् ।निर्वाचन अधिकृत कटुवालका अनुसार निर्वाचन प्रक्रिया शान्त, निष्पक्ष, सभ्य र सहज ढंगले सम्पन्न गराउने उद्देश्यले कार्यालय स्थापना गरिएको हो । उनले निर्वाचन आयोग नेपालअन्तर्गत स्थापना गरिएको उक्त कार्यालयबाट निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि सञ्चालन गरिने जानकारी दिए ।
ADVERTISEMENT

