नेपालगन्ज पुस । पश्चिम नेपालको सबैभन्दा ठूलो र प्रतिक्षित फुटसल प्रतियोगिता आगामी माघ ९ र १० गते जनवरी २३ र २४,२०२६ मा बागेश्वरी फुटसल एण्ड स्पोट्र्स हब,नेपालगन्जमा आयोजना हुने भएको छ । उक्त प्रतियोगिता इश्वरी युनाइटेड प्रा.लि.द्वारा आयोजना गर्न लागिएको हो । नेपालगन्ज तथा आसपासका जिल्लाहरूबाट उत्कृष्ट फुटसल टोलीहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ । खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा र खेलकुद संस्कृतिको प्रवद्र्धन गर्नु यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजक ईश्वरी युनाईटेडका अध्यक्ष सौगात बिक्रम शाहले जनाएका छन् ।
उनका अनुसार केवल एक प्रतियोगिता मात्र नभई पश्चिम नेपालमा फुटबल संस्कृतिको उत्सव हो । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै व्यावसायिक फुटसल वातावरण निर्माण गर्नुका साथै बाँके जिल्लालाई खेलकुद एक गन्तव्यको रूपमा स्थापित गर्नु हाम्रो लक्ष्य रहेको बताए । प्रतियोगिताका खेलहरू व्यावसायिक मापदण्ड अनुसार सञ्चालन गरिने छ भने रु ७५,०००÷–प्रथम पुरस्कार राशी,ट्रफी तथा पदकको व्यवस्था गरिएको छ ।
साथै दर्शकहरूका लागि मनोरञ्जनात्मक गतिविधि,खानका स्टल र अन्य गतिबिधी पनि रहने छ । जसले प्रतियोगितालाई अझ आकर्षण, व्यवस्थित र विश्वसनीय बनाउने विश्वास कार्यक्रम संयोजक रोशन महतराले व्यक्त गरेको छन । प्रतियोगिताका लागि टिम दर्ता प्रक्रिया सुरु भइसकेको छ । इच्छुक टोलीहरूले बागेश्वरी फुटसल एण्ड स्पोट्र्स हब तथा मान्भी स्पोट्र्स हाउस दर्ता फाराम प्राप्त गर्न सक्नेछन् । सीमित सिट भएकाले छिटो दर्ता गर्न आयोजकले अनुरोध गरेको छ ।
ADVERTISEMENT

