नेपालगन्ज : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ मा मोहम्मद इश्तियाक राईलाई उम्मेदवार बनाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राईलाई उम्मेदवार बनाउने गरि टुंगो लगाएका हुन ।तत्कालिन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालका केन्द्रिय नेता रहँदा राई यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राप्रपा महामन्त्री डा. धवल सम्शेर राणासँग पराजित भएका थिए । उक्त निर्वाचन पश्चात उक्त पार्टीबाट अलग भएका राई पछिल्लो समयमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको महामन्त्री छन ।
बाँके क्षेत्र नम्बर २ लाई आफ्नो चुनावी क्षेत्र बनाउँदै आएका राईले यसपटक एमालेको समर्थनमा चुनाव लड्ने तयारी गरेका हुन । उनले एमाले पार्टी प्रवेश गरेर उम्मेदवार बन्ने चर्चा चलेको थियो । तर, उनले पार्टी प्रवेश नगरेरै टिकट पाउन सफल भएका छन ।
राईको टिकट एमालेबाट निश्चित भएपछि नेपालगन्ज क्षेत्रमा विभिन्न प्रतिक्रिया तथा अडकलबाजी हुन थालेका छन । बाँके-२ पुर्बप्रधानमन्त्री एवम नेपाली कांग्रेसका पुर्बसभापति स्वर्गीय सुशील कोइराला चुनाव लड्ने क्षेत्र हो ।उक्त क्षेत्रमा कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाउन सकेको छैन । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले भने आइतबार मात्र दिपेन्द्र बिष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ADVERTISEMENT

