काठमाडौँ । रुपन्देही– २ बाट राप्रपाकी उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । शुक्रबार थापाले उम्मेदवारी फिर्ता लिएकी हुन् ।थापाले संविधानको व्यवस्थालाई स्वीकार गरेर उम्मेदवारी फिर्ता लिएको बताएकी छन् । विदेश अध्ययनको सिलसिलामा अस्थायी आवास अनुमति पत्र परित्याग गर्न ढिला भएकोले उनले उम्मेदवारी फिर्ता लिएको बताएकी छन् ।
थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन्- ‘कुनै विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले, संविधानको मर्म र भावनाअनुसार मैले ठुलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु ।उनले आफूलाई साथ, सहयोग, हौसला प्रदान गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।

