बाँके(बैजनाथ) : राष्ट्रिय हात्तीपाइले रोग विरुद्ध बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा आम औषधी सेवन कार्यक्रम अन्तरगत बैजनाथमा पालिका स्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी गरिएको छ । बैजनाथ गाउँपालिका कार्यालय बाँकेको आयोजनामा बिहीबार उक्त कार्यक्रम गरिएको हो ।बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका सबै वडा तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा यसपटक पनि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइँदैछ । सर्बसाधारण नागरिकले औषधी नखाईदिएपछि सरकारले यसवर्ष पनि बाँकेका हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
यसपटक हुन लागेको यो १६ औं अभियान हो । बैजनाथ–४ मा अझैपनि ९ हजार ७ सय ४२ जना सर्बसाधारण नागरिकले हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गर्नुपर्नेछ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. मदन कोइरालाका अनुसार एकै पटक कम्तिमा ८० प्रतिशत सर्बसाधारण नागरिकले औषधी सेवन नगर्दासम्म हात्तीपाइले रोग निवारण गर्न सम्भव हुँदैन ।
अहिलेसम्म ६२ प्रतिशत नागरिकले मात्र यि स्थानीय तहमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेका छन् । सर्बसाधारणले औषधी नै नखाईदिदाँ हात्तीपाइले रोग निवारण अभियान नेपालमाचुनौतीपूर्ण बनाइरहेको उनले बताए । सो क्रममा बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए ।सोही कार्यक्रममा बैजनाथ गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, स्वास्थ्यकर्मी लगायतले सामुहिक रुपमा हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेका थिए ।
ADVERTISEMENT

