बैतडी — प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उच्च नैतिकता र निष्ठापूर्वक काम गरेमामात्र न्याय सेवा सरल र कम खर्चिलो हुने बताएका छन् ।जिल्ला अदालत बैतडीको नवनिर्मित भवन उद्घाटन गर्दै उनले गत भदौ २३ र २४ गते भएको अप्रत्यासित घटनाले देशका विभिन्न २३ वटा अदालतका भवनमा हजारौं कम्प्युटर तथा अन्य सूचना प्रविधि सम्प्रेषण नष्ट भएकाले भौतिक पूर्वाधार विकासलाई थप चुनौती पुगाएको बताए ।
जिल्ला अदालतको नयाँ भवनबाट न्यायिक तथा प्रशासनिक कामकारवाहीमा प्रभावकारिता आउने बताएका छन् । नवनिर्मित भवनमा सेवाग्राही मैत्री वतावरण सुदृढ भएर सर्वसाधारणको न्यायमा अझ पहुँच पुग्ने विश्वास लिएको उनले बताए ।जिल्ला अदालतको पाँच तले भवन २०७७ सालमा ११ करोड ३५ लाखमा निर्माण सुरु भएर गत असारमा सम्पन्न भएको हो ।

