
अध्यक्ष ढकालले सरकारले उद्योग व्यवसायमा सहजिकरणको लागि नीतिगत सुधार गर्ने प्रतिवद्धता जनाएको बताए । उनले मुलुकको वर्तमान अर्थतन्त्रमा देखिएको शिथिलतालाई गतिशिल बनाउन नीति तथा कार्यक्रम कार्यान्वयन आवश्यक रहेको उल्लेख गरे ।अध्यक्ष ढकालले भने,‘ सरकारले निजी क्षेत्रका सुझावलाई समेटेर नीति तथा कार्यक्रम ल्याएको छ । यो सकारात्मक विषय हो । सरकारले मुलुकको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखेर ल्याएको कार्यक्रमलाई कार्यान्वयनमा जोड दिनु आवश्यक छ । बजेट पनि नीति तथा कार्यक्रम अनुरुप आउन आवश्यक छ ।उनले नीति तथा कार्यक्रममा सकारात्मक भए पनि नीति तथा कार्यक्रमलाई बजेटले कसरी सम्बोधन हुन्छ त्यो भन्ने बजेट आएपछि मात्रै भन्न सकिने बताए ।