काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले अब नागरिकले देशमा आफ्नो लागि सरकार छ भन्ने वास्तविक अनुभूति गर्न पाउने बताएका छन्। काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जु न्यौपाने (दर्शना) लाई बधाई दिँदै उनले मुलुकमा सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने ठूलो जिम्मेवारी रास्वपाको काँधमा आएको उल्लेख गरेका हुन्।
निर्वाचनमा रास्वपालाई विश्वास गरेर मतदान गर्ने देशभरका मतदाताप्रति आभार प्रकट गर्दै अर्यालले प्राप्त जनमतलाई कदर गर्दै अघि बढ्ने बताए। काठमाडौँ-१ मा रञ्जुको जितले रास्वपाको विजय यात्रा सुरु भएको र यसले आगामी दिनमा देशको राजनीतिक दिशा नै बदल्ने उनको दाबी छ। जनताको साथ र सहयोगका लागि उनले सबैमा धन्यवाद ज्ञापन गरेका छन्।
ADVERTISEMENT

