तर सोही अवधिमा उनले घरजग्गा खरिद, निर्माण, बैंक कर्जा भुक्तानी, शेयर खरिद, शैक्षिक खर्च, जीवन बीमा प्रिमियम, बैंक मौज्दातलगायत शीर्षकमा ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँभन्दा बढी खर्च र लगानी गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ । यसरी करिब ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत पुष्टि नभएकाले यादवले पदीय हैसियतको दुरुपयोग गरी गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
ADVERTISEMENT

