लायन्स अन्तराष्ट्रिय डिस्टिक ३२५ एनको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी पुरा
zeenepal
२०८१ बैशाख १४,
51
Shares
नेपालगञ्ज : समाज सेवामा अग्रणी स्थान बनाउन सफल रहेको लायन्स अन्तराष्ट्रिय डिस्टिक ३२५ एनको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएको छ ।नेपालगञ्जमा शनिबार आयोजना हुने र अन्तराष्ट्रिय डईरेक्टर बालकृष्ण बुर्लाकोटीले उद्दघाटन गर्ने सो सम्मेलनमा करिव १ हजार लयान्स सदस्यहरु सहभागि रहने सम्मेलन आयोजक समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
एकवर्षे कार्यकाल रहने लायन्समा यो सम्मेलनले लायन वर्ष २०२४÷२०२५ का लागि नयाँ नेतृत्व समेत चयन हुने र डिस्ट्रिकले वर्षभरी गरेका कामको समिक्षा गरी आगामी कार्यकालको लागि योजना समेत तय गर्ने भएकोले यो सम्मेलनको महत्व भएको डिस्टिक गर्भनर मुकुट ढकालले बताए ।उनले आफ्नो कार्यकालमा लायन्स अन्तराष्टियबाट नेपालमा रहेका लयान्सका १५ डिस्टिकलाई २२ लाख डलरको प्रोजेक्ट आएकोमा लायन्स अन्तराष्ट्रिय डिस्टिक ३२५ एनलाई मात्र झण्डै आधा प्रोजेक्ट परेको जानकारी दिदै विश्व भरीका लायन्स डिस्टिकहरुमध्ये सामाजिक कार्य, सदस्यता बृद्धिलगायतको कार्यबाट टप १० भित्र पर्न सफल भएको बताए ।
लायन्सले आफ्नो स्थापनाको १सय ५ वर्षको यात्रामा भोकमरी, मधुमेह, बालक्यान्सर, आँखा उपचार, विपदलगायतमा स्वस्फूर्त परिचालित भई काम गर्दै आएको छ । नेपालमा लायन्स स्थापनाको ५२ वर्ष भई सकेको छ ।