काठमाडौं — न्याय परिषद्ले पाँच न्यायाधीशविरुद्ध परेका उजुरीमाथि विस्तृत अनुसन्धान अघि बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले १५ उजुरीमध्ये १० उजुरी खारेज गर्दै पाँचवटाको विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको परिषद्का एक सदस्यले बताए । परिषद्मा लामो समयदेखि अल्झिएका उजुरीमाथि छानबिन गर्दै यस्तो निर्णय गरेको हो ।
परिषद्ले अर्को बैठकमा उक्त उजुरीहरूमा छानबिन गर्दै आवश्यक देखिए छानबिन समिति गठन गर्नेछ । न्याय परिषद्मा प्रधानन्यायाधीश अध्यक्ष र कानुनमन्त्री सदस्य हुने व्यवस्था छ । हाल न्याय परिषद्को अध्यक्षको भूमिका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले गरेकी छन् । वरिष्ठ न्यायाधीश कुमार रेग्मी, कानुनमन्त्रीको रुपमा रास्वपावाट निर्वाचित सोविता गौतम सदस्य छन् । त्यस्तै, २ सदस्यमा दामोदर खड्का र महेशकुमार नेपाल छन् । जिल्ला र उच्च अदालतका न्यायाधीशको कार्यसम्पादनविरुद्ध परेका उजुरीमध्ये प्रारम्भिक रुपमा गम्भीर देखिएका उजुरीलाई विस्तृत अनुसन्धानमा पठाएको हो ।
ADVERTISEMENT

