काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव स्वीट्जरल्याण्डको जेनेभा कार्यक्रममा जाने भएका छन् ।जेनेभामा २७ मे देखि १ जुनसम्म विश्व स्वास्थ्य संगठनको ७७ औँ महासभा भइरहेको छ । शुक्रबार (मे २४) मै जाने तयारी भएपनि बदलिदो राजनीतिक घटनाक्रमले जेनेभा भ्रमण रोकिएको थियो ।
केही जरुरी काम परेको रोक्नु भएको थियो । आज राति २ बजे टिकट छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता कौशल मिश्रा र स्वास्थ्य मन्त्रालय समन्वय महाशाखाका प्रमुख डा. चुमनलाल दास शुक्रबार नै जेनेभा गइसकेका छन् ।
डब्लुएचओले सभा सुरु भएको पहिलो दिन २७ तारिखमै नेपालको बोल्ने पालो छ ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले फुटेर बनेको नयाँ दल जसपाको कानुनी प्रक्रिया नै पूरा नभएको भन्दै सर्बोच्चमा मुद्धा हालेपछि मन्त्री यादवले भ्रमण स्थगित गरेका थिए ।उक्त मुद्धाको पेशी १४ जेठका लागि तोकिएको कारण मन्त्री यादव रोकिएका थिए । तर आजपनि उक्त मुद्धा हेर्न/नभ्याइनेमा परेको आज मन्त्री यादव जनेभा उड्न लागेका हुन्