काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा पुग्नेगरी सन्तुलित बजेट निर्माण हुने बताएका छन् । शुक्रबार सबै स्थानीय तहका लागि अनुदान प्रस्ताव तयारीबारे अभिमुखिकरण कार्यशालाको समापन समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले आवश्यकता र प्राथमिकताका आधारमा प्रदेश सरकारको बजेट विनियोजन हुने बताएका हुन् ।आवश्यकता र प्राथमिकताका आधारमा प्रदेशअन्तर्गतका सबै पालिकालाई समेट्ने गरी प्रदेश सरकारले बजेट विनियोजन गर्छ,’ मुख्यमन्त्री शाहले भने,‘सबै स्थानीय तहका योजना समेटिन्छन् ।
यस्तै मुख्यमन्त्री शाहले २५ लाख भन्दा कम लागतका आयोजनामा बजेट विनियोजन नगर्ने पनि बताए । अघिल्लो वर्ष प्रदेश सरकारले उपभोक्ता समितिमार्फत काम नगर्ने निर्णय गरेको उल्लेख गर्दै खरिद ऐन, नियमावलीले कार्यान्वयनमा समस्या भएको उनले बताए ।

