काठमाडौं । रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारका लागि नेपाल प्लाइउड उत्पादक संघले २२ लाख रुपैयाँभन्दा बढी राहत सहयोग उपलब्ध गराएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट तथा धादिङमा ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै संघले प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन आफ्ना सदस्य उद्योगी तथा व्यवसायीहरूलाई आर्थिक सहयोगका लागि अपिल गरेको थियो।
ADVERTISEMENT

