काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा रास्वपा सचिवालय बैठकले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गर्दै जिल्ला अधिवेशन कार्यविधि पनि स्वीकृत गरेको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकले केन्द्रीय सङ्गठन विभागको विज्ञ समूह सदस्यमा तीन जना सदस्यहरू मनोनीत गर्ने निर्णय भएको गरेको छ । जसमा कमल खनाल रुपन्देहीबाट, तोरण बिक सुर्खेतबाट र उदय सापकोटा रौतहटबाट रहनुभएको महामन्त्री बुर्लाकोटीले बताए।बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ भने पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको उनले जानकारी दिए
ADVERTISEMENT

