काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बाेहरालाई नियुक्त गर्ने निर्णय गरिएको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि विभागको प्रमुखको जिम्मेवारीमा सभामुख डिपी अर्याल रहेका थिए । पार्टी उपसभापति अर्याल सभामुखमा निर्विरोध निर्वाचित हुँदै गर्दा पार्टीको जिम्मेवारीबाट अलग भएकाले उक्त पद रिक्त थियो।
ADVERTISEMENT

