काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ६ जना सदस्य मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।उनका अनुसार तुलसी प्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरी मञ्चमा मनोनीत भएका छन् । यसअघि उज्यालो पार्टीबाट आएका र पछि फेरि कुलमान घिसिले पार्टी छाडेपछि रास्वपामै बसेका सदस्यहरूलाई पनि यो मञ्चमा राखिएको छ ।