प्रदेशका गृहमन्त्रीहरूले भने- ‘अधिकारको विकेन्द्रीकरण गर्न संघ अनुदार’
zeenepal
२०७९ असार २३,
18
Shares
काठमाडौँ २३ असार, सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीहरूले संघीय सरकारले संघीयतालाई संस्थागत गर्न खुट्टा कमाएको आरोप लगाएका छन् । उनीहरूले संघीय सरकार अधिकारको विकेन्द्रीकरण गर्ने सवालमा अनुदार र कठोर भएर प्रस्तुत भएको गुनासो गरेका छन् ।
शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी मधेस प्रदेशले गरेको गरेको अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रमका लागि जनकपुरधाममा भेला भएका प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीहरूले संघीय सरकारले नेपाल प्रहरीलाई आफ्नो मातहतमा राख्दा प्रदेशमा शान्ति सुरक्षा कायम गर्न असहज भएको बताए ।संघले प्रहरी आफू मातहतमा राखेको छ;
हामीले प्रदेशको विषयमा कुरा गर्दा प्रहरीसँग अनुनय विनय गर्नुपर्ने अवस्था छ,’ गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले भने, ‘संविधानले दिएको अधिकार संघीय सरकारले तल्ला तहका सरकारलाई दिन चाहेको छैन । संघीय सरकार अधिकारको विकेन्द्रीकरणको सवालमा अत्यन्तै कठोर भएर प्रस्तुत भएको छ ।’प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले संघीय सरकारमा जुनसुकै पार्टीको सरकार भए पनि संघीयतालाई संस्थागत गर्न र बलियो बनाउन प्राथमिकताका साथ काम गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले प्रदेश सरकार बलियो बनाउन र शान्ति सुरक्षा व्यवस्थालाई चुस्त बनाउन प्रहरी समायोजन तत्काल हुनुपर्ने माग गरे ।कार्यक्रममा सात प्रदेशका आन्तरिक मामिलामन्त्रीहरू, सचिव र मुख्य न्यायधिवक्ताहरू सहभागी छन् ।