काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड तय गरी सुदृढ अनुगमन प्रणाली लागू गरिने उल्लेख गरिएको छ ।त्यस्तै, दुर्गम क्षेत्रसम्म डिजिटल पूर्वाधार विस्तार गरी डिजिटल डिभाइड विभेद न्यूनीकरण गर्ने पनि सरकारले बताएको छ ।दुरसञ्चार क्षेत्रमा नविनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागु गरिनेछ,’ पौडेलले भनेका छन्, ‘दुर्गम क्षेत्रसम्म डिजिटल पुर्वाधार विस्तार गरि डिजिटल विभेद न्यूनिकरण गरिनेछ ।’
ADVERTISEMENT

