काठमाडौं । सरकारले प्रहरीको अनुसन्धानलाई प्रविधिमैत्री बनाइने बताएको छ ।आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा उल्लेख गरेका हुन् ।प्रहरीको फरेन्सी जाँचलाई थप परिस्कृत गर्दै लगिने र प्रविधिमैत्री अनुसन्धानमा जोड दिइने बताइएको छ । त्यस्तै भौतिक पूर्वाधारलाई पनि स्तरोन्त्ती गरिने बताइएको छ ।लागु औषध, अन्तरदेशीय अपराध जस्ता प्रकृतिका अपराध अनुसन्धानमा आधुनिक प्रविधिको विकास गरिने बताइएको छ ।साइबर अपराध र वित्तिय अपराध अनुसन्धान गर्न छुट्टै इकाइ बनाइने पनि उल्लेख छ । त्यस्तै कसुरजन्य सम्पत्ति जफतलाई प्रभावकारी बनाइने पनि पौडेलले उल्लेख गरे ।
ADVERTISEMENT

