
प्रशासनले लेखेको पत्रमा भनिएको छ, ‘नेपाल कृषि अनुसन्धान परिषद् केन्द्रीय कार्यालयको खुमलटारस्थित कार्यकारी निर्देशक आवास गृहमा मिति २०८१।०४।१८ गतेका दिन राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक एस. २ पद÷तहका श्री कपिल पौडेलले आवास गृहमा लगाएको ताला फोडी बसेको भन्ने सुन्नमा आएकोले आज मिति २०८१।०४।२३ गते उक्त आवास गृहमा गई अवलोकन गर्दा यस परिषद्बाट लगाइएको ताला फोडी निजले सामानहरू राखेको र बसोबास गरेको देखिन आएको ब्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।’
सो आवास गृहमा भएका सामानहरू आवास गृहमा नै रहेको र सो सामानहरूको सम्बन्धमा आफूलाई कुनै जनाकारी नरहेकोसमेत पत्रमा उल्लेख छ ।पौडेलले निर्देशकको आवास गृहमा ताला फोडी बसोबास गरेको चर्चापछि प्रशासनले छानबिनको मागसहित सो पत्र लेखेको हो ।