राप्रपा नेपालको विद्यार्थी संगठनका अध्यक्ष राप्रपामा प्रवेश
zeenepal
२०७९ असार २३,
3
Shares
काठमाडौं २३ असार। कमल थापा नेतृत्वको राप्रपा नेपालको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष र महासचिव राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । बिहीबार उक्त संगठनका अध्यक्ष कमल बम रजवार र महासचिव सचिन अधिकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता प्रदान गरे ।
केही दिनअघि संगठनका अर्का महासचिव दीपेश शाह पनि राप्रपामा प्रवेश गरिसकेका छन् । संगठनका अध्यक्ष रजवार कैलालीको ऐेश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन् । रजवार तीन महिना अघि मात्रै राप्रपा नेपालको विद्यार्थी संगठनको अध्यक्ष बनेका थिए ।पार्टी प्रवेशपछि रजवारले थापाले राजसंस्था पुनःस्थापनाको एजेन्डालाई पार्टीको नीति नबनाएपछि राप्रपामा समाहित भएको बताए ।