काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी मिलाएर जाने सबै विषयमा छलफल गर्न तयार रहेको बताएका छन् ।महोत्तरीको बर्दिबासमा बुधबार आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सम्बोधन गर्दै उनले सबै कुरा मिलाउन तयार रहेको बताए ।
म सबै कुरामा छलफल गर्न तयार छु । सबै कुरा मिलाउन तयार छु,’ सभापति थापाले भने, ‘साथीहरूको चित्त बुझाएर गर्छु । पार्टी मिलाएर जान्छु ।इरत समूहले सदस्यता अद्यावधिक नगर्ने कारणबारे आफू अचम्म परेको पनि बताए । ‘म त तिन छक्क परेको छु, भगवान कसम मलाई त यो त अचम्मै लागेको छ,’ उनले भने, ‘यो अध्यावधिक नगर है, अध्यावधिक गर्न पाइदैन भनेर भनेको कुरा त भगवान कसम मैले बुझिरहेको छैन ।’
पार्टीको कुनै पनि क्रियाशील सदस्यले चाहने बेलासम्म सदस्यता अद्यावधिक गर्न पाउने उनले बताए ।उम्मेदवारलाई कुनै पनि मतदाताले मत नहाल्न पाए पनि पार्टीको क्रियाशील सदस्यले रूख चिन्हभन्दा दायाँबायाँ गरेर मत हाल्छु भन्ने नपाइने सभापति थापाको भनाइ थियो ।पार्टीको कुनै पनि उम्मेदवारलाई कुनै पनि मतदाताले मत नहाल्न पाउँछ । म कहिले पनि मतदाता आफ्नो हुन्छ भन्ने मान्दिनँ,’ उनले भने, ‘क्रियाशील सदस्य भएर, पार्टीको नेता भएर मन परे पनि, मन नपरे पनि, आएको उम्मेदवारलाई रुख चिन्ह भन्दा दायाँबायाँ गरेर मत हाल्छु भन्ने कुरा चाहिँ पाइँदैन ।’सभापति थापाले गएको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई मत नहाल्ने नेतालाई केही समयका लागि पार्टीको सदस्यबाट बाहिर राखिने पनि दोहोर्याए ।उ केही समय कांग्रेसको सदस्य हुने कुराबाट बाहिर रहन्छ । उ रहनुपर्छ,’ सभापति थापाले भने, ‘उसलाई अरू के गर्ने हो ? हामीले घर सम्पत्ति लाने होइन ?
ADVERTISEMENT

