काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन् । लामिछानेको भारत भ्रमण निश्चित भएको रास्वपाका एक पदाधिकारीले पुष्टि गरेका छन् ।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेठ १८ गते भारत गएर २० गते फर्कनेछन् । भ्रमणको आवश्यक कूटनीतिक तथा अन्य तयारी भइरहेको रास्वपाका ती नेताले बताए ।फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुन लागेको यो पहिलो विदेश भ्रमण हो ।
यसअघि भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्तो पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई बधाई सन्देश पठाउँदै भरतको भ्रमणको निम्तो पनि दिएका थिए । तर, प्रधानमन्त्री बालेनको हालसम्म भारत भ्रमण तय भएको छैन । उनी भारत भ्रमणामा जनुअगावै रास्वपा सभापति लामिछानेको भ्रमण हुनुलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् ।
ADVERTISEMENT

