काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने अडान दोहोर्याएको छ । मंगलबार ढिलोगरी सुरु भएको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै कांग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संवेदनशील भएको जिकिर गरे ।साथै, उनले संसद्मा आएर माफी माग्नुपर्ने कांग्रेसको अडान यथावत् रहेको उनले बताए ।
हामी यो विषयलाई लिएर संवेदनशील छौं । प्रधानमन्त्री आएर संसद्मा माफी माग्नुपर्छ । अनि त्यसपछि मात्रै हामी संसद् चलाउन दिन्छौं,’ उनले भने ।विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा तयार भएका छैनन् ।आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची छ ।

