काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश जारी गरेको अदादतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए उनीविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो । लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग भएको उनले बताए ।
८ जेठमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए ।मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरी परेको थियो । सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

