काठमाडौँ — नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार भुटानलाई ५१ रनले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।टस हारेपछि ब्याटिङमा आएको नेपालले क्वालालम्पुरस्थित कोलेज टुएन्कु जाफर ओभलमा पूरा २० ओभर खेली १ सय १३ रनमा अलआउट भयो । ६७ रन बनाउँदा ७ विकेट गुमाए पनि अनुभवी सीता रानामगर र रुबिना क्षेत्रीको प्रयासमा नेपालले चुनौतीपूर्ण स्कोर बनाएको थियो ।
यी दुईले आठौं विकेटमा ५ ओभरभित्र ४० रनको साझेदारी गरे । सीताले २८ बल खेली ६ चौकासहित ३७ रन बनाइन् । रुबिनाले २१ बल खेली ३ चौकासहित २४ रन बनाइन् । विन्दु रावलले दोस्रो बलमै शुन्यमा आउट भएको नेपाली इनिङ्समा सम्झना खड्का १०, पूजा महतो ८, सोनी पाख्रिन २० बलमा १३, कप्तान इन्दु बर्मा ५, रुबी पोदार १ र कविता कुँवर ३ रनमा आउट भएका थिए । रिया शर्माले भने खाता खोल्न सकिनन् ।
ADVERTISEMENT

