काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणको पनि अनुसन्धान भइरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन् गृह मन्त्रालयको बजेटमाथिको छलफको क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । सांसदले बालिका पन्तको बलात्कार हत्याको अनुसन्धानबारे प्रश्न सोधेका थिए ।यसबारे जवाफ दिँदै मन्त्री गुरुङले भने, ‘तपाईंहरूले निर्मला पन्तको कुरा उठाउनु भएको छ । कतिपय काम गुपचुप गर्नुपर्ने अवस्था हुँदो रहेछ । यो विषयमा हामी एकदम संवेदनशील छौं । हामीले सिरियस्ली हेरेका छौं । हाम्रा छोरी चेलीलाई हत्या गरे । त्यसपछि त्यो घटनामा क–कसले राजनीति गरे । त्यस विषयमा पनि हामीले काम अघि बढाएका छौं ।’
ADVERTISEMENT

