नेपालगन्ज : गर्मीले नेपालगन्जको जनजीवन नराम्ररी प्रभावित भएको छ । नेपालगन्जको तापक्रम बिहीबार बेलुका ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो देशभरिमै सबैभन्दा बढी तापक्रम हो ।
पछिल्ला केही दिनयता नेपालगन्जको तापक्रम दैनिक बढ्दो क्रममा रहेको छ । विभागका अनुसार बिहीबार साँझ ४४.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यसअघि बुधबार ४२.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । गर्मी बढेपछि जनजीवन प्रभावित भएको हो ।
नेपालगन्ज उपमहानगर क्षेत्रमा दिउँसोको समयमा मानिसहरुको आवत जावत कम हुन थालेको छ । बेलुकी र बिहानको समयमा मात्र मानिसहरुले बजारमा आवत जावत गर्ने गरेका छन् । चर्को गर्मीले जनजीवन कष्टकर बनिरहँदा नेपाल बिद्युत प्राधिकरणले छिन छिनमा लाईन काट्ने गरेको छ ।