काठमाडौं २३ असार। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् ।परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ । ‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने एउटा चलन छ । त्यही सिलसिलामा आउन लागेका हुन् ।
’राष्ट्रपति र प्रधानमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेट्ने निश्चित भएको छ । उनले सभामुखलाई पनि भेट्नसक्ने बताइएको छ, तर अरू भेटघाटकोे विषय टुंगो लागिसकेको छैन ।प्रारम्भिक जानकारीअनुसार चार दिनसम्म यहाँ रहने भनिएको छ । विदेश विभाग प्रमुख भए लगत्तै जियानचाओले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल सम्वाद गरेका थिए ।
ADVERTISEMENT