उपराष्ट्रपति पुनसँग भारतीय राजदूत श्रीवास्तवले भेट
zeenepal
२०७९ असार २३,
6
Shares
काठमाडौं २३ असार ।उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा उपराष्ट्रपति पुनलाई भारतीय राजदूत श्रीवास्तवले भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेटमा उपराष्ट्रपति पुनले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताए । भेटमा उपराष्ट्रपतिले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेको बताउँदै व्यापार घाटामा नेपाल उच्च रहेकाले सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताए ।
उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमिकी मित्र भएको बताए ।उनले नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेकाले दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताए । आफ्नो कार्यकालमा नेपाल भारत सम्बन्धलाई थप सुदृढ् गर्ने प्रयास गर्ने उनको भनाइ थियो ।