काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मधेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिका माथि प्रश्न उठाएका छन् । सभापति रवि लामिछानेसँगको भेटमा मधेशका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका हुन् । सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरुङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।सभापति लामिछानेसँगको भेटमा सहभागी मधेशका एक सांसदले भने, ‘सुनसरीबाट सुरु भएको घटना अहिले मधेशमा फैलिएको छ ।
त्यहाँका जिल्लाका सांसदसँग गृहमन्त्रीले कुराकानी पनि गर्नुभएको छैन । सभापतिलाई गृहमन्त्रीप्रतिको आक्रोश राख्यौं ।’सभापति लामिछानेले पछिल्लो घटनामा संवदेनशील भएको बताएका थिए । आपसी सद्भाव कायम राख्न आफू नै मधेश जाने सोचमा समेत रहेको सभापति लामिछानेले बताएको छलफलमा सहभागी एक सांसदले जानकारी भएन ।

