काठमाडौं । राप्रपाले महाधिवेशनका लागि मूल आयोजक समिति गठन गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६-२८ मा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति, उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सभा, जुलुस व्यवस्थापन समिति, उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति, उपाध्यक्ष हेमजङ गुरुङको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र गुरुङको संयोजकत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति गठन गरिएको छ ।
ADVERTISEMENT

