
अहिलेको सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्न खोज्दैछ । त्यसको फैसला जनताले सुनाउनेछ । जरुरी पर्यो भने हामी नयाँ आन्दोलनतिर पनि जानेछौँ’, प्रचण्डले भने, ‘हामीले प्रतिपक्ष दलको नेताको तर्फबाट होस् वा विपक्षी दलको तर्फबाट वक्तव्य दिइरहेका छौँ हाम्रो मागको सरकारले सुनुवाइ गरेन भने हामी प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध छौँ र त्यहाँबाट पनि लडाइँ छेडिनेछ ।’उनले त्यहाँबाट देशव्यापी अभियान चलाउनुपर्ने बाध्यता हुन सक्ने बताए ।