काठमाडौँ । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । साथै, विषयको गम्भीरतालाई ध्यानमा राख्दै अदालतले यस मुद्दालाई अग्राधिकार प्राथमिकतामा राखेर सुनुवाइ गर्न समेत आदेश दिएको छ ।
ADVERTISEMENT

