
बैठकमा सभापति देउवासहित शीर्ष नेताले सरकारका काम कारबाही थप प्रभावकारी बनाउन गर्नुपर्ने कामको योजना र रणनीतिबारे निर्देशन दिएका छन् ।नेपाली कांग्रेसले सम्हालेका मन्त्रालयका बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ ।
अब के–के काम गर्ने, कसरी प्रभावकारी रूपमा अगाडि जाने भन्नेमा छलफल केन्द्रित छ’, चौधरीले भने, ‘त्यसकारण गठबन्धनको २ तिहाइको गठबन्धन सरकारको स्पिरिटअनुसार जनतालाई दिनुपर्ने सेवा दिनुपर्छ भनेर भन्नुभयो’, मन्त्री चौधरीले भने उनका अनुसार बैठकमा सरकारले हालै ल्याएको अध्यादेशका बारेमा महामन्त्री गगन थापाले जानकारी गराएका छन् । नेपाली कांग्रेसका २ राज्यमन्त्रीसहित १० मन्त्री सङ्घीय सरकारमा सहभागी छन् । ब्रिफिङका क्रममा मन्त्रीहरूले सोचेअनुसार काम गर्न नसकिएको स्वीकार समेत गरेका छन् ।