काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । साेमबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेर लामिछानेले राष्ट्रपति पाैडेलसँग भेट गरेका हुन् ।प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँगको भेटपछि सभापति लामिछाने राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगेका थिए ।भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पुर्याएको क्षति तथा बाढी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उनले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका छन् ।
सभापति लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेनसँग भेट गरेर सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीले दिएको जानकारीअनुसार उनले पछि राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका हुन् ।
ADVERTISEMENT

