काठमाडौं । भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि केडिया परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । केडिया परिवारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको समूहले जनाएको छ । केडिया परिवारअन्तर्गत सुशील वनस्पति प्रालि.इन्दु शंकर चिनी उद्योग लिमिटेड, एमके सुशील केडिया विश्वभारती र सीताराम गोकुल मिल्क्स प्रालिलगायतका प्रतिष्ठान रहेका छन् । देशका विभिन्न क्षेत्रमा देखिएको विपद्जन्य परिस्थितिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको समूहले जनाएको छ ।प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा उत्पन्न कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले केडिया परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
केडिया परिवारले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उक्त सहयोग रकम प्रदान गरेको हो । परिवारले विगतमा पनि विभिन्न प्राकृतिक विपद् तथा राष्ट्रिय संकटका समयमा सहयोग गर्दै आएको जनाएको छ । केडिया परिवार अन्तर्गत रहेका विभिन्न प्रतिष्ठान तथा संस्थाहरूको योगदानबाट १ करोड रुपैयाँ संकलन गरिएको हो। जसअनुसार: सुशील वनस्पति प्रा. लि.४० लाख रुपैयाँ इन्दु शंकर चिनी उद्योग लि. ३५ लाख रुपैयाँ सुशील केडिया विश्वभारती २० लाख रुपैयाँ सीताराम गोकुल मिल्क्स प्रा. लि. ५ लाख रुपैयाँ यसरी चारवटा प्रतिष्ठानको योगदानबाट कुल १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रदान गरिएको हो ।
केडिया परिवारका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। देशका विभिन्न क्षेत्रमा देखिएको विपद्जन्य परिस्थितिबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन, उद्धार कार्यलाई प्रभावकारी बनाउन तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको केडिया परिवारले जनाएको छ। विपद्को समयमा राज्यको प्रयासमा निजी क्षेत्रको समेत सहकार्य आवश्यक हुने भन्दै केडिया परिवारले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
ADVERTISEMENT

