काठमाडौं । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमश: घट्दै जान थालेको छ । यो सँगै आइतबार दिउँसोबाट काठमाडौं उपत्यकाको पनि मौसम खुल्दै गएको छ । अहिले उपत्यकामा घाम लागिररहेको छ । लगातार चार दिनसम्मको झरीपछि काठमाडौं उपत्यकाको आकाश खुलेको हो ।
यद्यपि आज दिउँसो देशका विभिन्न भूभागमा वर्षा हुने तर एक–दुई स्थानमा मात्र भारी वर्षा हुने पूर्वानुमान छ नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उत्तर प्रदेश आसपास अवस्थित न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ रहेकाले ती क्षेत्रमा वर्षाको गतिविधि केन्द्रित भएको हो ।काठमाडौं लगायत बागमतीका क्षेत्रमा पनि मनसुन कमजोर भएको छ ।

